शुक्रबार असोज १०, २०७६/ Friday 09-27-19

स्टारफिस विमानस्थल, जहाँ आउन सक्छन् १० करोड यात्रु

चीनमा स्टारफिस आकारको अत्याधुनिक विमानस्थल औपचारिक रुपमा उद्घाटन गरिएको छ । यो चीनको सबैभन्दा ठूलो विमानस्थल पनि हो ।

यसमा चार रनवे रहेका छन् । जसलाई बढाएर सन् २०४० सम्म ८ वटा बनाइनेछ । त्यसपछि यो विमानस्थलमा एकै वर्षमा १० करोड यात्रु आउन सक्नेछन् ।

राष्ट्रपति सी जिनपिङले जनवादी गणतन्त्र चीनको ७० औए वार्षिकोत्सवअघि उद्घाटन गरेका हुन् ।

४६ किलोमिट दक्षिणमा रहेको दाक्सिंग जिल्ला र लांगफांगको सीमामा रहेको सो विमानस्थल ७० हजार वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ ।

 

 

 

यो विमानस्थलको क्षेत्रफल करिब ९८ फुटबल मैदान बराबर भएको अनुमान गरिएको छ । यो विमानस्थल ११ अरब डलरको लागतमा निर्माण गरिएको हो ।

यो संसारकै सबैभन्दा व्यस्त विमानस्थलको सूचीमा पर्नेछ । यसमा अन्तर्राष्ट्रिय, घरेलुसहित विभिन्न क्षेत्रबाट आएका यात्रुका लागि अलग अलग टर्मिनल रहेका छन् ।