आइतबार माघ ७, २०८०/ Sunday 01-21-24

पहिचान पक्षधरको माग पूरा गर्न अप्ठेरो छ । वार्ता समिति संयोजक

कोशी नामकरणको विपक्षमा आन्दोलनरत पक्षसँग वार्ता गर्न कोशी सरकारले गठन गरेको वार्ता समितिका संयोजक कमलप्रसाद जबेगुले पहिचान पक्षधरको माग पूरा गर्न कठिन रहेको बताएका छन् ।

आइतबार विराटनगरमा पत्रकार सम्मेलन गरी जबेगुले पहिचान पक्षधरले राखेका मागमध्ये संविधानसम्मत मागहरु मात्र पूरा गर्न सकिने बताएका हुन् ।

 

 

पहिचान पक्षधरको माग पूरा गर्न अप्ठेरो पर्छ, त्यसलाई सरकारले कतिसम्म लचकता दिन सकिन्छ हेर्छौं’, उनले भने ।

गत फागुनमा प्रदेशसभाको दुई तिहाइ बहुमतले प्रदेशको नाम कोशी राखेको थियो । तर उक्त नामको विपक्षमा रहेका विभिन्न राजनीतिक दल जातीय संघसंस्थाहरुले पहिचानको आधारमा नाम राख्नुपर्ने माग गर्दै आन्दोलन गर्दै आएका छन् ।