शुक्रबार असोज १०, २०७६/ Friday 09-27-19

ठूला नेताको उपेक्षामा जलवायु सम्मेलन

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनिओ गुटेरेसले आयोजना न्यूयोर्कमा आयोजना गरेको जनवायु परिवर्तनसम्बन्धी महत्वपूर्ण सम्मेलनमा विश्वका प्रमुख नेता सहभागी भएनन् ।

जलवायु सम्मेलनमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसहितका प्रमुख विश्व नेता अनुपस्थित भए । महासचिव गुटेर्रेसले भने नेताहरूबाट कार्बन डाइअक्साइड उत्सर्जन घटाउने महत्वाकांक्षी योजनाहरु आशा गरिएको बताएका छन् ।

सो सम्मेलनलाई जलवायु परिवर्तनको क्षेत्रमा लामो समयदेखि काम गर्दै आएका स्विडिस वातावरण अभियानकर्मी ग्रेट टुनबेर्गसहित युवा अभियानकर्मीले सम्बोधन गर्ने कार्यक्रम छ ।

सम्मेलनको एक दिनअघि वैज्ञानिकहरूले विश्वव्यापी तापमानको संकेत र प्रभावहरू बढिरहेको भन्दै चेतावनी दिएका थिए ।

 

 

राष्ट्रसंघीय जलवायु निकायका अनुसार सन् २०१५ देखि २०१९ को बीचमा वायुमण्डलमा उत्सर्जन भएको कार्बन डाइअक्साइडको मात्रा पछिल्लो पाँच वर्षको तुलनामा २० प्रतिशतले वृद्धि भएको छ ।

गुटेरसले आगामी दशकमा नाटकीय ढंगबाट उत्सर्जन कम गर्ने र सन् २०५० सम्ममा कार्बनको उत्सर्जन दरलाई सुरक्षित तहमा राख्ने योजनाहरू आशा गरेको उल्लेख गरे ।

उनले सन् २०२० पछि विश्व फोसिल इन्धन छाड्दै जाने र कोइलाले इन्धन दिने उर्जा केन्द्रहरू बन्द होउन् भन्ने आफूले चाहेको बताए । आगामी वर्ष जलवायु सम्बन्धि अन्तर्राष्ट्रिय वार्ता हुने पृष्ठभूमिमा यो बैठक आयोजना भएको हो ।