आइतबार भदौ २०, २०७८/ Sunday 09-05-21

प्रदेश नम्बर १ को मन्त्रिपरिषद बैठक सम्पन्न , ४ वटा महत्वपुर्ण विषयमा निर्णय

प्रदेश नम्बर १ को मन्त्रिपरिषद बैठक सम्पन्न भएकोछ । माननीय मुख्य मनत्री भीम आचार्यको अध्यक्षतामा मुख्यमन्त्रि तथा मन्त्रिपषिदको कार्यालय प्रदेश नम्बर १ बिराटनगरमा भाद्र २० गते आइतबार सम्पन्न मन्त्रि परिषदको बैठकले विभिन्न क्षेत्रका ४ वटा महत्वपुर्ण विषयमा निर्णय गरेको जनाईकोछ ।
बैठकमा मनसुनजन्य विपत प्रभावित नीजि आवास पुनः निर्माण पुनस्थापन गर्न बनेको कार्यविधीको मस्यौदा पेस भएको र सो मस्यौदा कार्यन्वयन गराउन मुख्यमन्त्रि तथा मन्त्रिपरिषद कार्यालयका प्रमुख सचिव डा. रामप्रसाद घिमिरेलाई जिम्मेवारी दिइएको छ । पीडित परिवारालाई संघीय सरकारले ५० प्रतिशत, प्रदेश सरकारले ३० प्रतिशत र स्थानीय सरकारले २० प्रतिशत राहत उपलब्द गराउने भन्ने संघको निर्णय अनुसार प्रदेश सरकारको तर्फबाट हिमाली जिल्लाका बासिन्दालाई प्रति परिवार ५ लाख, पहाडी क्षेत्रका बासिन्दालाई ४ लाख र तराई क्षेत्रका बासिन्दालाई तीन लाख उपलब्द गराउन कार्यविधीकहा सिफारिस गर्ने निर्णय बैठकमा गरिएकोछ । त्यस्तै प्रदेश अन्तर्गत रहेका लोकसेवा आयोग, योजना आयोगमा रिक्त अस्थायी दरवन्दी सृर्जना गर्ने तथा प्रादेशिक सञ्चार प्रतिष्ठानको संरचनाको व्यवस्थापन तथा स्थायी दरवन्दी सृर्जना गर्ने निर्णय भएको जनाइएकोछ , भने मानव अधिकार सम्बन्धि काम गर्न प्रदेश सरकारले फोकल परसन तोक्ने निर्णय भएको मुख्यमन्त्रिको सचिवालयले जनाएकोछ ।