सोमबार भदौ २१, २०७८/ Monday 09-06-21

मन्त्रालयका सचिवहरुलाई मुख्यमन्त्रिको निर्देशन

विराटनगर, २१भदौंः
मुख्यमन्त्रि भीम आचार्यले आइतबार मन्त्रालयका सचिवहरु, विभागीय प्रमुखहरुलाई बोलाएर जनताको काम चुस्तदुरुस्त गर्न निर्देशन दिनु भएको छ ।
मन्त्रालयहरुका काम तिव्र रुपमा अगाडी नबढ्दा जनताले दुःख पाइरहेको बताउदैं विकास निर्माणका योजना, अड्किएका ठेक्का सम्झौता तत्काल कार्यन्वयन गर्न निर्देशन दिनु भएको छ । उहाँले कामलाई केन्द्रविन्दुमा राखेर सबै कार्यालय प्रमुखहरुले काम गर्न निर्देशन दिनु भएको छ । ‘सबै साथीहरुले मेहनेत गरिरहनु भएको छ । तर मेहनेत परिणाममुखी हुन नसकेकाले कामलाई परिणाममुखी बनाउनुहोस् ।’–उहाँले भन्नु भयो । नियम , ऐनले बाधा भएका योजनाहरु, कार्यक्रमहरु भए तत्काल प्रमुखसचिवसँग समन्वय गरेर समाधान गर्न उहाँले बताउनु भएको छ । उहाँले दैनिक कार्ययोजना बनाएर परिमाणमुखी काम गर्न सबै कर्मचारीलाई निर्देशन दिनु भएको छ । उहाँले मन्त्रालय, विभाग अन्तर्गतका आफ्ना कार्यालयका कर्मचारीहरुलाई राखेर छिटोछरितो सेवा प्रवाह गर्न निर्देशन जारी गर्न मन्त्रालयका सचिव, विभागीय प्रमुखहरुलाई मुख्यमन्त्रि तथा मन्त्रिपरिषदको कार्यालयमा बोलाएर मुख्यमन्त्रि आचार्यले निर्देशन दिनु भएको हो । छलफलमा प्रमुख सचिव डा. रामप्रसाद घिमिरेले सबै मन्त्रालयका सचिवहरुलाई मुख्यमन्त्रिको निर्देशन अनुसार काम कारवाही गर्न आग्रह गर्नु भयो ।

 साभार ः प्रदेशखबर अनलाइन डट कम