बुधबार भदौ १६, २०७८/ Wednesday 09-01-21

कोरोना संक्रमणको कारण २ जनाको ज्यान गयो, १६जनामा सङ्क्रमण पुष्टि

इलाममा आज कोरोना संक्रमणको कारण २ जनाको ज्यान गएको छ।
ज्यान जानेमा इलाम नगरपालिका वडा नं ७ निवासी ५७ वर्षीय एक पुरुष र इलाम नगरपालिका वडा नं ६ का २७ वर्षीय एक युवाको ज्यान गएको हो। इलाममा आज थप १६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।इलाम नगरपालिकामा ८ जना,सूर्योदय नगरपालिका र रोङ नगरपालिकामा ३/३ जना,माई नगरपालिका र चुलाचुली गाउँपालिकामा १/१ जनामा संक्रमण देखिएको जिल्ला प्रशासन कार्यलय इलामले जनाएको छ।आज थपिएका सगै इलाममा संक्रमितको कुल संख्या ५१५१पुगेको छ।