आइतबार मङ्सिर २२, २०७६/ Sunday 12-08-19

सागः जुडोका सात स्पर्धाको फाइनल आज

नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत जुडोतर्फका सात स्पर्धाको आज फाइनल खेल हुँदैछ । जसमा महिलातर्फ चार र पुरुषतर्फ ३ प्रतिस्पर्धाको फाइनल हुनेछ ।

आर्मी शारीरिक तालिम केन्द्र लगनखेलमा जुडोतफएका स्पर्धाको सबै फाइनल खले हुने भएको छ । बिहान ९ बजेदेखि खेल सुरु भएको छ । यस्तै स्क्वासको पनि आजै फाइनल हुने भएको छ ।

बिहान ११ बजदेखि सातदोबाटोमा महिला स्क्वास एकल र ११ः ५५ देखि पुरुष एकलको फाइनल खेल हुने राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ । फेन्सिङतर्फका तीन स्पर्धाको पनि आजै फाइनल खेल हुने भएको छ । दिउसो तीन बजेदेखि नयाँ बजार, कीर्तिपुरमा फेन्सिङको फाइनल खेल हुने बताइएको छ ।