शुक्रबार असोज १०, २०७६/ Friday 09-27-19

नयाँ फिचर्ससहितकाे भिभो एस१ नेपाली बजारमा

नेपाली बजारमा मिड रेन्जका मोबाइलको लोकप्रियता बढ्दो छ । न्यूनतम मूल्यमा नयाँ-नयाँ विशेषतायुक्त मोबाइल बजारमा आइरहेका छन् । जसमा भिभो पनि अग्रणी मोबाइल ब्रान्डमा पर्दछ ।

भिभोले हालैमात्र भिभो एस१ नेपालमा लन्च गरेको छ । खासगरी युवा वर्गलाई लक्षित गरी ल्याइएको एस–सिरिजको पहिलो शृंखलामा ३२एमपी एआई सेल्फी क्यामेरा छ । ‘क्याप्चर योर स्टाइल’ ट्यागलाइन दिइएकाे यो फोन निकै आकर्षक र नयाँ विशेषतायुक्त छ ।

३२एमपी एआई सेल्फी क्यामेरासँगै यो फोनमा स्क्रिन टच आईडी, सुपर एमोलेड अल्ट्रा स्क्रिन, एआई ट्रिपल रियर क्यामेरा र स्टाइलिस डिजाइन छ । डायमन्ड ब्ल्याक र स्काइलाइन ब्लु रंगको विकल्प यो फोनसँग छ ।

‘नेपाली उपभोक्ताको रुचि र चाहनाअनुसार भिभोले नयाँ उत्पादनहरु बजारमा ल्याइरहेको छ,’ भिभो नेपालका जीएमले भने, ‘भिभोको आन्तरिक सोधबाट नेपाली युवा उपभोक्ताको विविध माग र रुचि थाहा पाउन सकिन्छ । नेपाली युवा निकै स्टाइलिस स्मार्टफोन चाहन्छन् र आफ्नो जीवन शैलीअनुसार सुविधामा पनि बढोत्तरी चाहन्छन् । हामी पनि यही चाहन्छौं । युवाहरुको यस्तो रुचिलाई हामीले ल्याएको नयाँ फोनले सम्बोधन गर्नेछ ।’

 

 

 

६ जीबीको र्‍याम भएको उक्त मोबाइलमा १२८ जीबी इन्टरनल स्टोरेज रहेको छ, जसले भिडियो, म्युजिक र फोटो संग्रहका पर्याप्त स्पेस उपलब्ध गराउँछ । यस्तै, मोबाइलमा धेरैभन्दा धेरै एप्लिकेसन राख्न सकिन्छ । भिभो एस१ मा ४,५०० एमएएच क्षमताको ब्याट्री छ, जसमा ड्युल–इन्जन फास्ट चार्जिङ मेडिअटेक ६७६८ प्रोसेसर छ । यो फोनको मूल्य ३४ हजार ६ सय ९० रुपैयाँ तोकिएको छ ।

बजारमा चाइनीज मोबाइल कम्पनीहरुको होडबाजी चलिरहेको बेला भिभो मोबाइल कम्पनी पनि आफ्ना प्रोडक्ट नेपाली बजारमा ल्याउन व्यस्त  देखिन्छ ।