बहुविवाह गर्ने तीन जनालाई जनही एक वर्ष कैद र पाँच हजार जरिवाना

बहुविवाह गरेको आरोपमा पक्राउ परेका तीन जनालाई जिल्ला अदालतले आज जनही एक वर्ष कैद र पाँच हजार जरिमानाको फैसला सुनाएको छ । 
 
न्यायाधीश नवराज दाहालको इजलासले मुलुकी ऐन विवाहबारी महलको ९ नं. बमोजिम कसुर पुष्टि गर्दै सोही महलको १० नं. बमोजिम पशुपतिनगर–३ का किरण सुनुवार र उनकी कान्छी पत्नी सुष्मा गुरूङलाई जनही एक वर्ष कैद र पाँच हजार जरिवानाको फैसला सुनाएको अदालतका श्रेस्तेदार जगदीश्वर भट्टराईले जानकारी दिनुभयो । 
 
राईकी जेठी पत्नी संगीताले पति विरूद्ध असार २५ गते जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएकी थिइन् । 
 
यसैगरी विवाह गरेकै छैन् भनेर झुक्याएर बहुविवाह गर्ने माईपोखरी–९ का हर्क राईलाई मुलुकी ऐन विवाहबारी महलको ९ बमोजिम कसुर पुष्टि गर्दै सोही महलको १० नं. बमोजिम एक वर्ष कैद र पाँच हजार जरिमानाको फैसला सुनाएको श्रेस्तेदार भट्टराईले जानकारी दिनुभयो । 
 
सुनुवारकी जेठी पत्नी देवीका सुनुवारले उनीहरू विरूद्ध गत चैत २८ गते पतिले दोस्रो विवाह गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएकी थिइन् ।