इलाम टि–एक्स्पोमा इलामका व्यपारीहरु सन्तुष्ट.....

img-featured

धरान उपमहानगरपालिकामा तीन दिने इलाम टि–एक्स्पो २०७५ हालै सम्पन्नभएको छ । महोत्सवमा इलाममा चिया व्यवसाय गर्दै गरेका १५ उद्यमीका स्टलहरु समावेश गरिएको थियो । यस्तै सोहि महोत्वसमा हस्तकलाका समाग्री ,इलामका पर्याय भनि चिनिने ललिपप, छुर्पि लगायतका सामाग्री समेत प्रर्दशनिमा राखिएको थियो ।
इलाम नगरपालिका र धरान उपमहानगरपालिका विच कायम भएको भगिनी सम्बन्ध साथै इलाम सदरमुकाम स्थापनाको २०० वर्षको अवसरमा “सहकार्यको स्वर्णीम शुरुवात” नाराका साथ महोत्सव सम्पन्नभएको हो ।
महोत्सवमा सहभागी इलामकी उद्योगी कमला सापकोटाले आफूले करिब ७० हजार वरावरको करोवार भएको जनाकारी गराउनुहुदै  आफु सन्तुष्ट भएको र इलामको पौरखलाई अन्य सामु चिनाउने महत्वपुर्ण अवसर भएको बताउनुभयो ।
महोत्सवमै सहभागी इलाम साखेजुङ्ग कञ्चनजँगा टि स्टेटकी मिलन कुमारी खत्रीले इलाम जस्तै धरानमा पनि चिया परखीहरु रहेको पाएको वताउनुभयो यस्तै अनुभव छ इलाम साखेजुङ्गकी व्यपारी उर्मिला राईको, उहाँ भन्नुहुन्छ “ यो महोत्सवबाट धरानमा व्यापारको लागी थप सम्पर्क विस्तार भयो ” ।
अन्य मेला जस्तो भिडभाड नदेखिने उक्त महोत्सवका विषयमा महोत्सवका धरान संयोजक कृष्ण शाहले अन्य महोत्सवभन्दा पृथकभएकोले भिडभाड नभएको तर कार्यक्रममा चिया पारखीहरुको उल्लेखनिय उपस्थिती रहेको वताउनुभयो  । 
पूर्व सभामुख तथा संविधान सभाकाअध्यक्ष सुवास चन्द्र नेम्बाङ्गको प्रमुख आतिथ्यतामा सम्पन्न तीनदिने महोत्सवमा इलाम र धरानको विचमा साँस्कुतिक,व्यपारिक तथा पर्यटकिय सम्बन्ध अझ प्रगाढ भएकोमा सम्पूर्ण व्यापारी तथा सहभागीमा धरान उपमहानगरपालिकाका प्रमुख तारा सुब्बाले धन्यवाद ज्ञापन गर्नुभएको थियो । 
यसै विच इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले यो सम्बन्धले उदाहरणीय सम्बन्धका रुपमा विकास हुने साथै दुई नगरको समृद्धिका लागी सहकार्य र एकिकृत योजना बनाई अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।  
इलाम र धरानका गरी २० वटा स्टल रहेको महोत्सवमा इलाम र धरानका स्थानीय कलाकारहरुको सामुहिक सांस्कृतिक कार्यक्रम समेत भएको  थियो ।