मानव वेचविखन तथा ओसारपसार सम्वन्धी अन्र्तक्रिया कार्यक्रम

img-featured

मानव वेचविखन तथा ओसारपसार सम्वन्धी १ दिने अन्र्तक्रिया कार्यक्रम आज इलाम सदरमुकाममा सम्पन्न भएको छ ।इलाम नगरपालिकाको आयोजना तथा माइती नेपाल पुशपतिनगरको प्रविधिक सहयोग सम्पन्न कार्यक्रममा इलाम नगरका जनप्रतिनिधी सँग हाल इलामको अवस्था कस्तो छ,जोखिम के छन्, वेचविखन तथा ओसारपसारका सम्भावित प्रक्रिया साथै समाधान के हुन सक्छ लगायतका विषयमा छलफल गरिएको थियो ।छलफलमा चित्रमाया गुरुङ्ग,माधव भट्टराई,नरेश श्रेष्ट,नुतनदेव दुलाल,धनमाया सुव्वा लगायतले मानव वेचविखन जस्तो गम्भिर अपराधका विषय जनप्रतिनिधीको सरोकारको विषय वन्ने भएकाले आवश्यक सँयन्त्र तयार गरि सम्वन्धित निकाय सँग समन्वय गरि जनचेतनाका कार्यक्रम गाँउ तह सम्म विस्तार गरि यसको न्यनिकरणमा जोड दिन आवश्यक रहेको कुरा उल्लेख गरेको थिए ।कार्यपालिका सदस्य चित्रमाया गुरुङ्गको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजिकरण माइती नेपाल पुशपतिनगरका कार्यक्रम सँयोजक होम ढकालले गर्नुभएको थियो।कार्यक्रममा इलाम नगरपालिकका निर्वाचित ३५ जना जनप्रतिनिधी को उपस्थित रहेको थियो ।