सामुदायिक कवर्ड हल निर्माण गरिने

img-featured

पुष ३०,इलाम
    इलामको इलाम नगरपालिकाको वडा नम्बर ६ स्थित गडीमा सामुदायिक कवर्ड हल निर्माण गरिने भएको छ । कवर्ड हलको अभाव र उपयुक्त भवन नभएकाले स्थानीय यूवाहरुको सक्रियतामा भवन निर्माण गर्न लागिएको हो ।निर्माण कार्यमा सँलग्न स्थानीय हेमराज ढकालका अनुसार कवर्ड हल निर्माणका लागि घडेरी सम्याउने काम सकिएको छ । गडीमा निर्माण हुन लागेको भवनका लागि सुरेन बान्तवाले आफ्नी स्वर्गीय आमा जैमीला बान्तवाको नाममा प्रतिष्ठान निर्माण गर्नका लागि जग्गा दान पछि सो जग्गा सम्याउने काम सकिएको छ ।
    दुई वटा कोड भएको हल, जीम हल, भलिबल र टेवलटेनिस कोर्ड लगायत  बनाउन लागिएको  सो कर्र्वड  हल निर्माण निमार्णमा हाल सम्म जग्गा  सम्याउन मात्रै ७० हजार रुपैया बराबरको रकम खर्च भएको वताइएको छ ।
कवर्ड हल निर्माण सहयोगार्थ हाल सम्म इलाम ६ का दिलेन बान्तावा बाट १० हजार,इलाम ७ का शरण श्रेष्ठ मार्फत २ हजार रुपैया,इलाम ७ का मोहन रेग्मीबाट २ हजार रुपैया ,इलाम ७ का ईश्वर तामाङ्गमा बाट २ हजार,पाँचथर फिदिमका खेगेन गुरुङ्गबाट ३ हजार रुपैया,इलाम ५का राजन दहालबाट २ हजार रुपैया,इलाम ६ का हरि गुरुङ्गबाट २ हजार,इलाम ६ का वीर व गुरुङ्गबाट २हजार र इलाम ७ धोविधाराका डम्वर गुरुङ्गले पाँच सय रुपैया स्वइच्छाले रकम उपलव्ध भएको निर्माण कार्यमा स्थानिय राम राईले जानकारी दिनुभयो ।  ४० लाख रुपैया लाग्ने प्रारम्भिक अनुमान  गरिएको कर्वड हलको बाँकि कामका लागि समिति गठन गरि काम अघि बढाइने निर्माण कार्यमा सँलग्न हेमराज ढकालले जानकारी दिनुभयौे। यूवाहरुलाई बिकृति, बिसंगतीमा पर्न नदिने र खेलाडी उत्पादन गर्ने  उद्देश्यले भवन निर्माण गरिने भएको वताइएको छ  ।