इलामका ४ नगरपालिका र ६गाउपालिकामा मत गणना जारी

इलामका ४ नगरपालिका र ६गाउपालिकामा मत गणना जारी रहेको छ । इलाम नगरपालिकामा विहान ११ः३० बजे बाट मत सर्टिङ्कको काम सकिएर  गणना सुरु भएको हो यस्तै सूर्योदय नगरपालिकामा पनि मत गणना भर्खरै सुरु भएको छ । माइ नगरपालिकामा १ः३० वजे बाट सुरु भएको गणना भर्खरै सटिङ्गको काम सकेर मत गणना जारी राखेको छ । सो नगरपालिकको १ र २ नम्वर वडाको मत गणना जारी छ । १० वटा वडा रहेका माई नगरपालिकामा १३ हजार ९ सय ३८ मत खसेको हो ।उता देउमाई नगरपालिकाको सर्वदलिय वैठक भर्खरै सम्पन्न भै मत गणना सुरु भएको छ । मत पत्रको अर्धकट्टि सहित ९४ वटा मतपत्र मतपेटिकामा भटिएको विषयलाई लिएर विवाद भएको थिया । अहिले सम्म नगरपालिककाको प्रारम्भिक नतिजा भने आइसकेको छैन  यस्तै इलामका ६ वटा गाँउपालिकामा पनि मत गणना सुरु भएको छ।