पाँचथरको थर्पुमा लक्षित वर्गका लागि छुट्एिको बजेट लिन स्वघोसित अध्यक्ष

पाँचथरको थर्पुमा लक्षित वर्गका लागि छुट्एिको बजेट लिन स्वघोसित अध्यक्ष
पाँचथरको थर्पु गाविसमा लक्षित बर्ग शिर्षकमा गाँउ विकास समितिवाट विनियोज हुने वजेट हिनामिना भइरहेको खुलासा भएको छ ।
उक्त शिर्षकमा विनियोजन हुने वजेटले कुनै कार्यक्रम सञ्चालनमार्फत विनियोजन भएको वजेट सम्वन्धि शिर्षकमा खर्च नभएकोमा स्थानीय वासिन्दा चिन्तित संगै आक्रोसित भएका छन ।
गाबिसबाट वर्षेनी लक्षित बर्ग अन्र्तगत आदिबासी जनजाती शिर्षकमा बिनियोजित रकम बिगत सात बर्ष देखि सदुपयोग नभएको स्थानीय पत्रकार कुलबहादुर परा बताउछन ।
जब गाबिसको परिषद शुरु हुन्छ तब यहाँका जेठावाठा आपैm अध्यक्ष बन्छन अनि छुटिएको रकम हात पार्ने गर्छन । २०६३ साल देखि आदीवासी जनजाती शिर्षकमा बिनियोजित भएको रकम तीनै स्वघोषित अध्यक्षहरुले आफुखुशी खर्च गर्दै आएको वताइएको छ ।
“यस पटकको बजेट चाहिँ ठिकै काममा प्रयोग भएको छ ।” – उनले भने । गाबिसबाट बिनियोजित रकम स्थानीय निकाय स्रोत परिचालन तथा ब्यबस्थापन कार्यबिधी २०६९ अनुसार खर्च गर्नु पर्ने हुन्छ ।
थर्पु गाबिसमा आफु गत वर्ष देखि मात्र कार्यभार सम्हालेको हुनाले त्यस अघि के के भयो थाहा छैन र त्यस बेलाको अभिलेख समेत नभएको र आप्mनो कार्यकालको बजेट भने सदुपयोग भएको गाबिस सचिव कुमारी तामाङ भन्छिन ।
थर्पु गाबिसमा सालिन्दा बिनियोजित हुने रकम एक दुई वटा छाडेर सबै दुरुपयोग भएको युवा भिष्म योङहाङको दाबी छ । गाबिसको बजेट दुरुपयोग भएको बिषयमा पुर्व आदिबासी जनजाती महासंघका पुर्व अध्यक्ष बमबहादुर माबो आप्mनो कार्यकालमा छुटेको रकम एक लाख ५५ हजार रुपैंया आफु सित रहेको स्विकार्छन । “भवन बनाउनमा प्रयोग गर्नु पर्नेमा जग्गा प्राप्त नभइ सकेकाले आफुसँगै राखेको हुँ ।” – उनले भने ।
माबोका अनुसार अन्य सालको बिनियोजित रु ८७ हजार थर्पु १ का बिनय योङहाङ र थर्पु ४ का टंक काम्बाङ सित ८÷९ हजार रहेको छ ।
गाबिसबाट बिनियोजित आदिबासी जनजातीहरुको बजेट  आदिबासी जनजातीहरुले नै दुरुपयोग गरेको बिषयमा नेपाल आदिबासी जनजाती महासंघ जिल्ला समन्वय परिषदको ध्यानाकर्षण भएको अध्यक्ष बिर्खबहादुर वाइबा वताँउछन ।
“थर्पुमा आदिबासी जनजातीहरुको बजेट केही साथीहरुले दुरुपयोग गरेको बिषयमा ती साथीहरुलाई पत्राचार भएको र सो रकम सार्वजानिक नगरे अख्तियारमा लैजान्छौं ।” – उनले भने ।
लक्षित बर्ग अन्र्तगत आदिबासी जनजातीहरुको शिर्षकमा बिनियोजित हुने रकम कार्यबिधीले तोके अनुसार खर्च गर्नु पर्नेमा आफु खुशी खर्च गरी रहेको हुनाले त्यो परिपाटी भत्काउनु पर्ने र त्यस्को लागि युवाहरु एक जुट हुनु आवश्यक रहेको स्थानीय भन्छन ।