बालकुमारी घटनामा मारिएका दुई युवकको शव गाउँमा लगियो
१६ पुस, बालकुमारी घटनामा प्रहरी आक्रमणमा मारिएका युवक शव परिवारको जिम्मा लगाइएको छ । मंगलबार दिउँसो दैलेखका सुजन रावतको शव नेपाली सेनाको हेलिकप्टरमार्फत उनको घर पुर्याइएको छ । दैलेखका प्रमुख जिल्ला अधिकारी खिमलाल भुसालले रावतको शव परिवारलाई जिम्मा लगाइएको र अन्त्येष्टिको तयारी भइरहेको बताए । बालकुमारी घटनामा नै प्रहरीको गोली लागेर मृत्यु भएका अछामका वीरेन्द्र शाहको शव पनि मंगलबार नै परिवारलाई जिम्मा लगाउने